यदि तपाईं कुनै पनि बीमा कम्पनीको एजेन्ट हुनुहुन्छ भने, तपाईंको एजेन्ट लाइसेन्स नवीकरण (Renewal) गर्ने समय आएको हुन सक्छ । लाइसेन्स नवीकरण नगर्दा तपाईंको बीमा व्यवसायमा अवरोध आउन सक्छ, त्यसैले समयमै नवीकरण गर्नु अत्यन्तै आवश्यक हुन्छ। खुसीको कुरा के छ भने, अब तपाईंले connectIPS प्रयोग गरेर अनलाइन माध्यमबाट सजिलै भुक्तानी गरी आफ्नो एजेन्ट लाइसेन्स नवीकरण गर्न सक्नुहुन्छ।
Homepage मा रहेको Government of Nepal मा जानुहोस्।
Government of Nepal भित्र रहेको Semi Govt. Sansthan मा click गर्नुहोस्।
त्यसपछि, Semi Govt. Sansthan भित्र रहेको ‘नेपाल बीमा प्राधिकरण’ मा click गर्नुहोस्।
त्यसपछि, 'Agent Payment' मा click गर्नुहोस्।
त्यहाँ मागिएका आवश्यक विवरणहरू भरी Make Payment गर्नुहोस् भुक्तानी प्रक्रिया पूरा गरेपछि, एजेन्ट लाइसेन्स नवीकरण भएको जानकारी प्राप्त गर्नुहोस।
यदि तपाईं बीमा एजेन्ट लाइसेन्स नवीकरण गर्ने बेला आएको छ भने, ढिला नगर्नुहोस्। आजै connectIPS मार्फत अनलाइन भुक्तानी गरी आफ्नो लाइसेन्स नवीकरण गर्नुहोस्।